कोरोनाबाट एकको मृत्यु, थप ४३ जनामा संक्रमण पुष्टि

काठमाण्डौ – पछिल्लो २४ घण्टामा कोरोनबाट एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १३०१ जनामा नमुना परीक्षण गर्दा बिहीबार थप ४३ जनामा संक्रमण पुष्टि भएको र एकको निधन भएको हो ।

कूल १३०१ मध्ये पीसीआरबाट ७४१ र एन्टीजेन विधिबाट ५६० जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । परीक्षणमध्ये पीसीआरतर्फ ३३ र एन्टीजेनतर्फ १० जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितको संख्या २०२ पुगेका पनि मन्त्रालयले जनाएको छ । बिहीबार कोरोनाबाट निको भएर ५० जना घर फर्किएका छन् । हाल संस्थागत आइसोलेसनमा २६, आई.सी.यू. मा १२ र भेन्टिलेटरमा एक कोरोना बिरामी रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.