चैत्र १८ गते शनिबारको तपाईको दैनिक राशिफल

श्री शाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०७९ चैत्र १८ गते तद्अनुसार सन् २०२३ अप्रिल १ तारिख शनिबार चैत्र शुक्ल पक्षको दशमी तिथि अश्लेषा नक्षत्र धृति योग वणि करण आनन्दादिमा मानस योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५७ मा र सूर्यास्त साँझ १८ः२० बजे हुनेछ । अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यस्तता बढ्नेछ । भ्रमण मूलक काममा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहला । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । रोकिएको काम बन्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पराक्रम बढ्नेछ । काममा सफलता मिल्नेछ । आज नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । परिवारमा सामान्य विवाद हुन सक्छ, सचेत रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन काममा बाधा आउन सक्ने खालको भएकोले सोचविचार गरी व्यवहार गर्नुहोला । आर्थिक हानी हुन सक्छ । अल्छीपनले सताउला । स्वास्थ्य कमजोर हुनुका साथै काममा ढिलासुस्ती हुन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शुभता वृद्धि हुनेछ । आरोग्यता वृद्धि होला । मित्रसुख मिल्नेछ । आज परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने दिन छ । सुख सुविधाका वस्तु बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज प्रगतिको सम्भावना छ । चिताएको काममा सफलता पाइनेछ । धनलाभ पनि होला । पुराना साथीँंगको भेटघाटले मन रमाउने छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लाभदायक यात्रा होला । तर परिवारमा भने हल्का विवाद हुन सक्छ । शरिरमा सामान्य रोगले सताउला । तरिकाबाट रुपैयाँ पैसा कमाइने छ, आज रमाइलो यात्राको योग पनि रहेको छ । आयस्रोत वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । सन्तानको सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल वृद्धि हुने भए पनि आजको दिन आर्थिक पक्ष खासै राम्रो छैन, नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनुहोला । खर्च बढ्नाले गर्दा मन अशान्त रहला । सामान्य रोगले पनि सताउन सक्छ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज को दिन सामान्य छ । सोचेको काम पूरा गर्न अझै समय लाग्न सक्ने देखिन्छ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आए पनि मानसिक तनाव रहला । बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त होला । सुख सुविधाको बस्तुमा खर्च होला । स्वास्थ्य सवल रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): भागदौड बढ्नेछ । धन मान वृद्धि होला । अर्थ आर्जनको योग रहेको दिन छ, नचिताएको टाउबाट आम्दानी होला । ब्यापार ब्यवसायमा राम्रै प्रगति होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रेमभाव वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ । आज नयाँ कामको थालनी गर्नु लाभकारी हुनेछ । परिवारमा आर्थिक समस्याले सताउने योग छ । अधुरा कामहरु बन्नेछन् । काम गर्न जाँगर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । भ्रमणमा आकर्षण बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विवाद र झमेलाको योग रहेको दिन हुनाले आज मनमा डरले डेरा जमाउने छ, सावधान रहेर काम गर्नुहोला । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्न सक्छ । आरोग्यबल भने बढ्नेछ । इष्टमित्र र सन्तान पक्षबाट सुख मिल्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मिश्रित समय छ । आज कसैबाट आदर मिल्ला । प्रेमभाव बढ्नेछ । भ्रमण बढ्नेछ । साहस बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको बस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

Leave a Reply

Your email address will not be published.