३९ वर्षपछि स्पेनमाथि स्कटल्यान्डको जित

काठमाण्डौ – २०२४ को युरो छनोटमा स्कटल्यान्डले सनसनिपूर्ण जित निकालेको छ। मंगलबार राति भएको समूह ‘ए’को दोस्रो खेलमा स्कटल्यान्डले स्पेनलाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भयो।

स्कटल्यान्डलाई जित दिलाउन दुवै गोल स्कट म्याकटोमिनाले गरेका थिए। उनले आफ्नो दोस्रो अन्तराष्ट्रिय खेलमानै अन्तर्राष्ट्रिय खेलमानै ४ गोल गरिसकेका छन्। अघिल्लो खेलमा साइप्रसलाई ३-० ले हराउँदा पनि म्याकटोमिनाले २ गोल गरेका थिए।

७ मिनेटमानै गोल गर्दे टिमलाई अग्रता दिलाएका स्कटले दोस्रो गोल दोस्रो हाफमा सम्भव बनाए। हाम्पेन पार्कमा घरेलु दर्शकमाझ उत्कृष्ट प्रदर्शन गरेको स्कटल्यान्डले ३९ वर्षपछि स्पेनलाई पराजित गरेको हो। जितसँगै सक्टल्यान्ड दुई जित सहित समूहको शीर्ष स्थानमा उक्लिएको छ।

खेलमा बल पोसेसनमा राखेपनि स्पेन गोल गर्न असफल भयो। स्पेन युरो क्वालिफायरमा अक्टोबर २०१४ पछि पहिलो हार भोग्न बाध्य भयो। यो बिचमा उसले १९ खेलमा १७ मा जित र २ खेलमा बराबरी खेलेको थियो। उसले यो यात्रामा १ गोल भन्दा बढी गोलपनि खाएको थिएन।

स्कटल्यान्डले भने अक्टोबर २००७ पछि लगातार पाँच घरेलु खेलमा जित निकाल्न सफल भयो। म्याकटोमिना १९८४ मा मउरिसी जोनस्टोनले गोल गरेपछि स्पेनविरुद्ध गोल गर्ने पहिलो खेलाडी बने।

Leave a Reply

Your email address will not be published.