सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजीकाे सम्भावना

काठमाण्डौ – सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह मन्त्रालय आफू नेतृत्वको माओवादी केन्द्रलाई दिने तयारीमा छन्।

प्रधानमन्त्री कार्यालय सचिवालयका अनुसार गृह माओवादी केन्द्रले पाए भौतिक पूवौधार तथा यातायात मन्त्रालय सम्हालिरहेका नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने तयारीमा छन्। उप्रधानसहित भौतिक मन्त्रालय सम्हालिरहेका मन्त्री श्रेष्ठ पनि गृह जान इच्छुक छन्।

उनी तत्कालीन एमाले गठबन्धन सरकारको पालामा पनि गृह नै जान खोजिरहेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृह नछाडेपछि उनी भौतिक मन्त्रालय जान बाध्य भएका थिए।

सचिवालय स्रोतले भन्यो, ‘मन्त्रालयको जिम्मेवारी हेरफेर हुने पक्का हो। तर, कसले कुन मन्त्रालय पाउँछ भन्ने बिषय सपथ नलिई भन्न सकिन्न। यद्यपी, सत्ता साझेदार दलसँग मन्त्रालय भागण्डाको बिषयमा छलफल जारी छ। त्यसपछि कसले कुन मन्त्रालय पाउने टुंगिएला।’

गठनबन्धनमा रहेका काँग्रेसले अर्थ मन्त्रालय पाउने लगभग पक्का भएको छ। त्यसो हुँदा गृह माओवादी केन्द्रले नै पाउने हालसम्मको अवस्था छ। श्रेष्ठसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि हेरहेर हुने तयारी छ। अहिले मन्त्रालयको नेतृत्व अमनलाल मोदीले गरिहेका छन्।

मन्त्रालय हेरफेर भए मोदी सहरी विकास वा उर्जा मध्ये एक मन्त्रालयमा जानेछन्। सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी भने यथावत नै रहनेछ। उक्त मन्त्रालयको रेखा शर्माले गरिरहेकी छिन्।

Leave a Reply

Your email address will not be published.