काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्लाई विश्वासको मत दिने निर्णय गरेको हो । हाल परिस्थितिलाई विश्लेषण गर्दै सरकारलाई समर्थन जारी राख्ने निर्णय गरिएको रास्वपाले जनाएको छ ।
पार्टीले उठाउँदै आएका मुद्दाहरूलाई प्राथमिकतामा राख्ने शर्तमा सरकारमा जान सक्ने रास्वपाले संकेत गरेको छ । सोमबार प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाको बैठकमा विस्वासको मत लिदैँछन् । विस्वासको मत लिएपछि प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।