काठमाण्डौ – राष्ट्रपति आफुले पाइसकेको अवस्थामा नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेर अगाढी बढ्छ या राजनीतिक कोर्स परिवर्तन गर्छ ? यतिबेला सबैको चासोको बिषय बनेको छ ।
राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएको माओवादी केन्द्रलाई बोक्ने अनिवार्यता अब कांग्रेसलाई छैन् । यस्तोमा कांग्रेसको आगमी दिशा कस्तो होला त ?
राष्ट्रपति निर्वाचन लगतै यतिबेला राजनीतिक दलहरु शक्ति भागबण्डामा केन्द्रित देखिएका छन् ।
गठबन्धनमा आवद्ध दलहरु कति मन्त्रालय दावि गर्ने र कसलाई मन्त्री बनाउने भन्ने बिषयमा आन्तरिक छलफलमा जुटेका छन् । संसदको सवैभान्दा ठुलो दल कांग्रेसले कम्तीमा ८ मन्त्रालय आफुले पाउनुपर्ने अडान कसेको छ । तर, गठबन्धनमा दलहरुको संख्या अधिक भएकाले मागेजती मन्त्रालय पाउन सहज भने छैन ।
यस्तोमा कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई स्वीकार गरेर अगाडी बढ्छ या राजनीतिक दिशा परिवर्तन गर्छ सवैको चासोको बिषय बनेको छ । यद्यपी, कांग्रेस नेताहरु गठबन्धन तलमाथि नहुने विश्वास व्यक्त गरिरहेका छन् ।
उसोत, प्रचण्ड नेतृत्वको सरकार ढले संविधानको धारा ७६(३) बमोजिम ठुलो दलको हैसिएतले स्वतः सत्ता कांग्रेसको पोल्टामा आउने निश्चित छ ।
जसकारण पनि तेस्रो शक्तिको नेताले आफुमाथि राज गरेको सहन कांग्रेसलाई कठिन नै होला । भर्खरै धोका खाएको एमालेले पनि प्रचण्डलाई काँध थाप्दैन भन्नेमा विश्वस्त छ ।
त्यसैले राष्ट्रपति निर्वाचनका लागि निर्णयक मानिएको माओवादी अव कांग्रेसका लागि अपरिहार्य रहेन् । त्यसकारण पनि राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन उपराष्ट्रपति निर्वाचन लगतै तोडिने त होइन ? प्रश्न उब्जिएको छ ।
यता, उपराष्ट्रपति निर्वाचन लगतै एमाले–कांग्रेस सहकार्यको चर्चा पनि उत्तिकै छ । उक्त चर्चाले प्रचण्डलाई कता–कता झस्काइरहेको छ । यसैलाई काउन्टर दिन होला प्रचण्डले केहि दिन देखि समाजवादी केन्द्रको नारा जपिरहेका छन् ।
तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिए आफुले विश्वासको मत नपाउने डरले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पछि मात्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । यस्तोमा गठबन्धन कसरी अगाडी बढ्छ र कति समय सम्म टिक्छ त्यसको टुङ्गो भने कांग्रेसको आगामी राजनीतिक कदमले नै तय गर्नेछ ।