एजेन्सी – फिफा विश्वकप २०२६ तीन देशमा १०४ खेलाइने भएको छ। रुवान्डास्थित किगालीमा हुने महाधिवेशनअघिको मंगलबार बसेको फिफा बैठकले खेलको ढाँचालाई परिवर्तन गर्दै ६४ बाट १०४ खेलमा विस्तार गर्ने निर्णय गरेको हो।
यसअघि फिफा विश्वकपमा ३२ टोली समावेश हुने गरेकोमा उत्तर अमेरिकामा हुने आगामी सृंखलामा प्रतियोगिता ४८ टोलीमा विस्तार हुने बताइएको छ। अर्थात् अब ४८ वटा राष्ट्र प्रतियोगितामा सहभागी हुनसक्नेछन्।
४८ टिमलाई १२ समूहमा विभाजन गरी खेल खेलाउने तयारी फिफाले गरेको छ। प्रत्येक समूहमा ४-४ टिम रहनेछन्।
प्रतियोगिता अमेरिका, क्यानडा र मेक्सिकोका १६ सहरमा खेल हुनेछन्। फिफाका अनुसार अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ सहरमा आगामी सृंखलाका खेल हुनेछन्। प्रत्येक समूहबाट शीर्ष २ सहित तेस्रो हुने उत्कृष्ट ८ टिम नकआउट चरणमा प्रवेश गर्नेछन्।
सन् १९८६ र १९९४ मा भएकोमा फिफा विश्वकपमा २४ समूह सहभागी थिए।