सरकारको मुख्य सर्भरमा ह्याकरको हमला, सबै सरकारी वेबसाइट डाउन

काठमाण्डौ – सरकारले सञ्चालन गर्ने मुख्य सर्भरमा ह्याकरको हमलापछि नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन् ।

सर्भरमा समस्या देखिएपछि नेपाल सरकार र सो अन्तरगतका सबै निकाय तथा कार्यालयहरुका वेबसाइट खुलिरहेका छैनन् । आज शनिबार बिहानैदेखि समस्या देखिएर सर्भर डाउन भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।

सरकारी सर्भरमा ह्याकरको हमला भएका कारण सर्भर डाउन भएको र सोही कारण सरकारी वेबसाइटहरु नखुलेको केन्द्रका प्रवक्ता रमेश पोखरेलले जानकारी दिए ।

सर्भरमा समस्याकै कारण त्रिुभवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरु समेत रोकिएका छन् । उक्त समस्या यथाशीघ्र समाधानको प्रयास भइरहेको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.