काठमाण्डौ – मातृभूमि अभियान मधेस प्रदेशका संयोजक तबरेज आलम शनिबार साँझ भारत भ्रमणमा निस्कदैं छन् ।
भारतीय संस्थापन निकट मानिने आलमले भारतमा रहँदा उच्च राजनैतिक भेटघाट गर्ने तय भएको आलमले जानकारी दिए । ‘भारतीय गृहमन्त्री, रक्षामन्त्री लगायतका उच्चस्तरीय भेटघाटको तयारी छ ।’ संयोजक आलमले भने ।
पूर्व एआईजी डाक्टर रणबहादुर चन्दले नेतृत्व गरेको मातृभूमि अभियानको मधेस प्रदेशका संयोजक रहेका आलम सांस्कृतिक सम्बन्ध विस्तारको लागि मात्रै भारत भ्रमणमा जान लागेको जनाइएको छ ।
समाजसेवामा समेत सकृय आलम राजनैतिक विषयमा समेत आफ्नो खरो टिप्पणीका कारण चर्चामा रहन्छन् । कार्यक्रम ‘The Political Point’ मा आलमले दिएको अन्तर्वार्ता समेत यसैमा प्रस्तुत गरेका छौं ।