काठमाण्डौ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता तथा राहदानी विवादसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। त्यो दिन गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस सकिएको थिएन।
लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।