सामान्य अंकले घट्यो नेप्से

काठमाण्डौ – साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ०.३५ अंकले घटेर २१८३.२७ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.११ अङ्कले घटेर ४१३.१३ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा समृद्धि फाइनान्स अग्रिम स्थानमा छ। यसको आज ९ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा रिडी पावर र आखु खोला जलबिद्युतको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ७ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावर र सुर्यादय बोमी लघुवित्तको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, समृद्धि फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

Leave a Reply

Your email address will not be published.