काठमाण्डौ – नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँ कायम गरेको हो।
मंगलबार प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य स्थिर रहेर मंगलबार कै मूल्यमा कारोबार भइरहेको छ।