संसद् भवनअगाडि आत्मदाह प्रयास गर्ने प्रेमप्रसादको निधन

काठमाण्डौ – संघीय संसद् भवनअगाडि आत्मदाहकाे प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार विहान ५ बजे निधन भएको प्रहरीले जनाएकाे छ।

इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए। शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए।

आचार्यले मंगलबार शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो । आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्।

Leave a Reply

Your email address will not be published.