श्री शाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ ९ गते सोमबार तद्अनुसार सन् २०२३ जनवरी २३ तारिख माघ शुक्ल पक्षको द्वितीया तिथि धनिष्ठा नक्षत्र सिद्ध ४ः३४ योग पर व्यतिपात योग बालव करण आनन्दादियोगमा शुभ योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ बजे भयो र सूर्यास्त साँझ १७ः३५ बजे हुनेछ । चन्द्रोदय । अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ, तर हिम्मत गर्न नसक्दा पछि पर्ने सम्भावना रहेकोले आत्मविश्वास र आँटका साथ अघि बढ्नु हितकर रहनेछ । सार्वजनिक कामले सम्मान दिलाउनेछ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आज तपाईंले चाहेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । तर, नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने योग छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आज नसोचेको ठाउँबाट धनलाभ हुने योग रहे पनि जोखिमप्रति ध्यान दिनुपर्नेछ । नयाँ सम्भावना देखिन्छ । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताइरहला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि रहला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन रमाइलैसँग वित्नेछ । परिवारमा मातृ–माध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । आरोग्यता बढ्नेछ । प्रेमपात्रसित भेटघाट हुनेछ । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । मानसम्मान तथा ख्याति फैलिनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज तपाईंको कामको प्रशंसा होला । आरोग्यताका लागि भने खानपानमा विशेष ध्यान दिनुपर्नेछ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन् । आनन्द वृद्धि हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । आफन्तसित भेटघाट हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रेमभाव बढ्ने र कार्य क्षमता वृद्धि हुने दिन छ । सुकर्मको फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ। तर असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला। बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ। आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पनि पर्न सक्छ, ध्यान राख्नुहोला । परिवारिक सुख वृद्धि हुनेछ । रसविलासमा रुचि बढ्नेछ । आशा उत्साह थपिनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढ्ने दिन छ । पारिवारिक जमघटमा मन रमाउनेछ, तर भेटघाटको अलमलले नोक्सान पु¥याउन सक्छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् र प्रतिष्पर्धामा सफलता मिल्नेछ। अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन पराक्रम बढ्नेछ तर अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्दा सफलता मिल्ने योग छ । धन आर्जन गर्ने मौका मिल्ला । उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । इस्टमित्रको सहयोग पाउनुहुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): समयको शुभताका कारण धन, मान वृद्धि हुनेछ । आइपरेको समस्याको समाधान गर्नुहुनेछ । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा होला । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुने भए पनि सहयोगीहरूबाट अलिक धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने पनि देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, सावधान रहनुहोला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सुख र शुभता वृद्धि होला । पारिवारिक सुख प्राप्त हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। ऋण र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । स्वास्थ्यप्रति चाहिँ अलिहक सावधान रहनुपर्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आज रसरागको भाव वृद्धि हुनेछ भने काममा सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । आत्मविश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तर, अनावश्यक वादविवादमा परिने समय छ, सावधान रहनुहोला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्ने र आय वृद्धि हुने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान राख्नुहोला । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले कीर्ति दिलाउनेछ। बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख–सुविधा बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ ।