माघ ०७ गते शनिबारको तपाईको दैनिक राशिफल

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ ७ गते शनिबार तद्अनुसार सन् २०२३ जनवरी २१ तारिख माघ कृष्ण पक्षको अमावश्या तिथि पूर्वाषाढ़ा नक्षत्र ९ः२८ पर उत्तराषाढ़ा नक्षत्र हर्षण योग चतुष्पाद करण आनन्दादि योगमा मातङ्ग योग चन्द्रमा धनु राशिमा १५ः०४ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः५७ बजे र सूर्यास्त साँझ १७ः३४ बजे हुनेछ । दर्शश्राद्ध, हलो तथा निशि बार्ने, आर्यघाटमा माधवनारायण मेला ,परासी त्रिवेणी मेला । अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज स्वास्थ्य कमजोर रहन सक्छ, ध्यान राख्नुहोला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ। साथीभाइको सहयोग जुटाउने प्रयत्न गर्नुहोला । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन जोखिम बढ्न सक्छ, सचेत रहनुपर्ला । सोचीविचारी कार्य गर्नु बेस हुनेछ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनत गरेअनुसार फाइदा कमै होला । सुख(दुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । तथापि, चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन्। रसरागमा आकर्षण बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन शुभदायी छ । प्रेमभाव वृद्धि हुनेछ । नसोचेको ठाउबाट धनको लाभ हुने देखिन्छ । ब्यवसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्य वृद्धि हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आरोग्यता बढ्ने र प्रेमपात्रसित भेटघाट हुने दिन छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ र पनि रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। अरूको भरपर्दा काम बिग्रन सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । मिठो भोजन मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन मिश्रित परिणामदायी रहला । प्रेमभाव बढ्नेछ, तर अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्न रहला । स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा समय दिन नसकिएला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । आफन्तसित भेटघाट हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यस्तता बढ्नेछ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। अनावश्यक भ्रमणमा समय बित्न सक्छ। केही प्रतिस्पर्धा हुने सम्भावना छ। अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ।यसका बाबजुद सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साझेदारीको कार्य बन्नेछ । रसविलासमा रुची बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पराक्रम बढ्नेछ । रोकिएको काम बन्नेछ । दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा फाइदा हुनेछ। मौकाको फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला । नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ । नयाँ कार्यमा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मान महत्व बढ्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ, तर व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले भने सताउने देखिन्छ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । पारिवारिक सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आयबल बवृद्धिका साथै रसरागको भाव वृद्धि हुनेछ । आजको दिन लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । घरपरिवारको स्थितिचाहिँ अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख–सुविधा बढ्नेछ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published.