पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा ५१ प्रतिशतले घट्यो, स्वास्थ्यविज्ञहरू चिन्तित

 बीबीसी – इजरेलस्थित हीब्रू विश्वविद्यालय तथा अमेरिकाको माउन्ट साइनाई स्कूल अफ मेडिसिनले हालै गरेको अनुसन्धानले पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा विगत ५० वर्षमा ५१ प्रतिशतले घटेको देखाएको छ।

अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानअनुसार सन् १९७० को आसपास एक मिलिलिटर वीर्यमा औसत १० करोड १० लाखजति शुक्रकीट रहेका थिए भने अहिले त्यो मात्रा घटेर ४ करोड ९० लाखमा आइपुगेको छ।

अनुसन्धानले पुरुषको शुक्रकीटको सङ्ख्या मात्र नभई शुक्राणुको गुणस्तरमा पनि ह्रास आएको प्रमाण भेटेको छ । साथै, महिलाको डिम्बभित्र प्रवेश गर्न सक्षम शुक्रकीटको सङ्ख्या पनि पछिल्ला दशकहरूमा घटेको अनुसन्धानले देखाएको छ।

पुरुषमा शुक्रकीटको मात्रा निरन्तर ह्रास भइरहेकाले स्वास्थ्यविज्ञहरू पनि देखिएका छन् । यौन क्रियाकलापले कसरी जलवायु परिवर्तनमा प्रभाव पार्छ
त्यो चिन्ताजनक विषय रहेको ब्रजिलिएन सोसाइटी अफ यूरोलजीको एन्ड्रोलजी विभागका संयोजक एड्वार्डो मिरान्डाको भनाइ छ ।

इजरेल र अमेरिकामा गरिएको गरिएको अनुसन्धानका अनुसार सन् १९७० र १९९० को दशकबीच शुक्रकीटको मात्रा खस्किने दर प्रतिवर्ष १.१६ प्रतिशत रहेको थियो भने सन् २००० को दशकमा त्यो दर बढेर २.६४ प्रतिशत पुगेको छ । यो गिरावट दोबरले हो ।

स्वास्थ्यविज्ञहरुले यसरी पुरुषमा शुक्रकीटको ह्रास आउनुका कारण मोटोपना,निष्क्रिय जीवनशैली, दुर्व्यसन असन्तुलित खानपान, यौनाङ्गबाट सर्ने सङ्क्रमण, काखमा कम्प्युटर राख्नाले देखिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published.