३८ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको छ।

बुधबार ५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार १२२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर १ हजार २८४ पीसीआर तथा १ हजार ५३४ एन्टिजेन परीक्षण भएको छ।

Leave a Reply

Your email address will not be published.