एकैदिन १ हजार ५१ जनामा डेंगु पुष्टि

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ५१ जनामा डेंगु देखिएको छ । एकैदिन एक हजार ५१ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

हालसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो । त्यसैगरी अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.