सुसाइड नोट लेखेर बेपत्ता भईन् युवती

काठमाण्डौ – ललितपुरको धोविघाटबाट एक युवती बेपत्ता भएकी छन् । हिजो घरबाट हिँडेकी ३० वर्षीया जेरुसा राई बेपत्ता भएकी हुन् । उनले सुसाइड नोट लेखेर हिजो घरबाट हिँडेकी ललितपुर प्रहरी प्रवक्ता सुधीर राज शाहीले बताए ।

उनका अनुसार युवतीको अन्तिम लोकेसन सुन्दरीघाँट देखिएको छ । राई मोडलिङ गर्दै आएकी छन् । उनी लामो समय बेलायत बसेर नेपाल फर्किएकी बुझिएको छ ।

Leave a Reply

Your email address will not be published.