कमेडियन अपूर्व क्षितिज सिंह रिहा

काठमाण्डौ – कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडिएको छ। पछि उपस्थित हुने गरी बिहीबार उनलाई हिरासतबाट छाडेको काठमाण्डौका सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए।

कोरोना संक्रमण पुष्टि भएको कारण उनलाई छाडिएको हो । जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।

उनीमाथि नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग छ ।

Leave a Reply

Your email address will not be published.