शुक्रबार सत्तारुढ गठबन्धनमा लोसपालाई सहभागि गराउने-नगराउनेबारे टुंगो लाग्ने

काठमाण्डौ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

बिहीबार लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवर्ता गरेका हुन् । आजको भेटवार्तामा पाँच दलीय गठबन्धन र सरकारमा लोसापा रहने की नरहने भन्नेबारे छलफल भएको स्रोतको दावी छ ।

स्रोतका अनुसार पाँच दलीय गठबन्धनमा लोसपालाई सहभागि गराउने की नगराउने भन्नेबारे शुक्रबार टुंगो लाग्नेछ । शुक्रबार प्रधानमन्त्री देउवाले लोसपाका नेताहरुसँग छलफल गर्ने जनाइएको छ । यसभन्दा अघि प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई सरकारमा सहभागि हुन आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले ठाकुरसँगको भेटमा दुई मन्त्रालय दिने आश्वासन दिएका थिए ।

त्यतिबेला भने लोसपा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निकट थियो । लोसपा नेकपा एमालेसँग निकट भएका बेला प्रधानमन्त्री देउवाले पटक पटक अध्यक्ष ठाकुरसँग भेटवार्ता गरेका थिए । देउवाको आग्रह पछि लोसपा सरकारमा सहभागि हुन तयार भएको थियो । तर, पछि प्रधानमन्त्री देउवाले यस विषयमा चासो देखाएनन् ।

Leave a Reply

Your email address will not be published.