माओवादी केन्द्रीय समिति बैठक सुरु

काठमाण्डौ – माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा केहिबेर अघिबाट बैठक सुरु भएको एक नेताले जानकारी दिए ।

उक्त बैठकमा पार्टी अध्यक्ष प्रचण्डले आफ्नो सम्बोधन गरिरहेका छन् । सो क्रममा प्रचण्डले यसअघि शपथ लिन बाँकी रहेका केन्द्रीय कमिटी सदस्यहरुको शपथ गराएका छन् ।

बैठकमा गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीति र पदाधिकारी चयनबारे छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published.