काठमाण्डौ – साताको पहिलो दिन आइतबार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १२ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम रहेको थियो ।