काठमाण्डौ – माओवादी सशस्त्र द्वन्द्वमा जीवन समर्पण गरेका एक लडाकुले आत्महत्या गरेका छन्। कालिकोटको तिलागुफा गाउँपालिका- ५ का नमराज न्यौपानेले ललितपुरको भैसेपाटीमा आत्महत्या गरेका हुन्।
द्वन्द्वको समयमा घाइते भएका न्यौपाने उपचारका लागि परिवारसहित काठमाण्डौमा बस्दै आएका थिए। द्वन्द्वकाे बेलामा घाइते भएका लडाकु न्यौपाने शरीरमा छर्रा रहेको थियो। उनी त्यो छर्रा निकाल्न काठमाण्डौ आएका थिए।
पछिल्लो समय मानसिक रुपमा असन्तुलित रहेका न्यौपानेको उचित उपचार हुन सकेको थिएन। मानसिक सन्तुलज ठिक नभएपछि उनको उपचारका लागि परिवारका सदस्यहरुलाई माओवादीको नेतृत्वलाई आग्रह गरेका थिए।
तर माओवादीको नेतृत्व न्यौपाने परिवारको आग्रहलाई सुनुवाई नगरेपछि पाटन अस्पतालमा उनको उपचार गराइएको थियो। प्रहरीका अनुसार उनको साथबाट पाटन अस्पतालको प्रेस्कृप्सन समेत फेला पारेको थियो।
ललितपुर प्रहरीका अनुसार न्यौपानेको शव उनकी श्रीमतीले बुझेर लगेकी थिइन्। प्रहरीले शवसँगै फेला पारेको कागजातमा पाटन अस्पतालको प्रेसक्रिप्सनसमेत रहेको थियो। त्यहाँ ठेगनासमेत उल्लेख भएपछि प्रहरीले आफन्त खोजेर शव जिम्मा लगाएको हो।
द्वन्द्वको समयमा घाइते भएका न्यौपानको शरीरमा छर्रा रहेका थिए। उनी माओवादी लडाकुका सेक्सन कमाण्डरसमेत बनेका थिए। शान्ति प्रक्रियापछि सेना समायोजन हुँदा उनी अयोग्य भएकाले नेपाली सेनामा जान सकेनन्।