आदर्श लघुवित्तको आईपीओ बाँडफाँट

काठमाण्डौ – आदर्श लघुवित्तको आईपीओ आज सोमबार (असार १३ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र सेयर पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको बिक्री बीओके क्यापिटलले जानकारी गराएको छ ।

आदर्शले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ५% अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी ६२ हजार ६१५ कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै, आदर्श लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published.