एजेन्सी – एसी मिलानले १९ औं पटक सिरी एको उपाधि जितेको छ। यद्यपि यो उपाधि जित्न उसले पछिल्लो ११ वर्षको प्रतीक्षा गर्नुपर्यो।
आइतबार राति भएको खेलमा सासुओलोमाथि ३–० का सहज जित हात पार्दै एसी मिलानले उपाधिमाथि कब्जा जमाएको हो।
एसी मिलानलाई जित दिलाउने क्रममा ओलिभर जिरुडले २ र फ्रान्क केसीले १ गोल गरे। यससँगै एसी मिलानले लिगको सबै ३८ खेल सकिँदा ८६ अंक हात पार्यो।
दोस्रो स्थानमा रहेको इन्टर मिलानले समान खेलबाट ८४ अंक जोड्यो। आइतबार राति भएको खेलमा इन्टर मिलानले पनि ३–० को जित हात पारेको थियो तर एसी मिलानको जितसँगै इन्टर मिलान उपाधिको दौडमा पछि पर्यो।