पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु १० वृद्धि गरेको हो । यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाएको छ ।

यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर रु १० वृद्धि भएको निगमले जनाएको छ ।

मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल्मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १६६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.५४५ पुगेको छ ।

मूल्यवृद्धि गर्दा पनि आगामी एक महिनामा करिब रु ७ अर्ब ४० करोड नोक्सानी हुने निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.