६ जना कोरोना संक्रमित थपिए

काठमाण्डौ – मुलुकभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना स्रंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २२६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ६ जनामा कोरोना पुष्टि भएको हो ।

१ हजार ६९६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ६ जना र ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २७७ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १३ जना संक्रमितहरु निको भएका छन् । हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ९७५ पुगेको छ । साथै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेका छन् ।

हाल नेपालमा १ सय ४१ जना कोरोनाका संक्रिय संक्रमितहरु आइसोलेशनमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published.