हिमालयन हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता आईपिओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ – हिमालयन हाइड्रोपावर कम्पनीको २२ लाख ५० हजार कित्ता आईपिओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपिओ बिक्री खुला गरेको हो।

कम्पनीको यस आईपिओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ। यस आइपिओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यस आईपिओ ‘इक्राएनपी आईआर बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ।

लगानीकर्ताले यस आइपिओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।

Leave a Reply

Your email address will not be published.