हेटौँडाबाट काठमाण्डौ जाँदै पिकअप भ्यान दुर्घटनामा पर्दा चारको ज्यान गुम्यो

काठमाण्डौ – मकवानपुरको इन्द्रसरोवरमा शनिबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा चार जनाको ज्यान गुमेको छ भने दुर्घटनामा चार घाइते भएका छन्।

ज्यान गुम्ने तथा घाइतेहरुको अहिलेसम्म पहिचानको नखुलेको मकवानपुर प्रहरीले जनाएको छ।

हेटौंडाबाट काठमाण्डौ जाँदै गरेको ना ४ च २३१५ नम्बरको पिकअप भ्यान शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटनामा परेको हो।

Leave a Reply

Your email address will not be published.