सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ – शुक्रबार सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।

Leave a Reply

Your email address will not be published.