२३.५१ अंकले घट्यो नेप्से 

काठमाण्डौ – साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार सेयर बजार २३.५१ अंकले घटेर २ हजार २५०.९१ विन्दुमा रोकिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ३० करोड ९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा प्रभु बैंकको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ। यस कम्पनीको ५ करोड ३८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय २१ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : एनआइसी एशिया लघुवित्तको प्रमोटर सेयर र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये म्युचुअल फण्ड उपसुचक बढेको छ भने १२ वटा उपसुचक घटेको छ। आजको कारोबारमा जनरल इन्स्योरेन्स कम्पनी र मैलुङ्ग खोला जलबिद्युतका लगानीकर्ताले कमाएका छन्। यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स र युनियन हाइड्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन्।

Leave a Reply

Your email address will not be published.