भरतपुरको अभिव्यक्ति विवादमा तानिएपछि प्रचण्डले बोली फेरे

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको पाँच दलीय गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् । आइतबार गठबन्धन दलहरूले पोखरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनले निर्वाचनमा विजय नभए देश दुर्घटनामा जाने दावी गरेका हुन् ।

उनले यस भन्दाअघि चितवनमा आयोजित कार्यक्रममा हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका थिए । गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् ।

उनको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गरेका छन् । कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले रेणुलाई मत नदिने आशंका बढिरहेका बेला प्रचण्डले आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जान सक्ने दावी गरेका थिए । चितवनमा सो अभिव्यक्ति दिएपछि प्रचण्ड विवादमा तानिएका थिए । प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर समाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ ।

तर आज भने प्रचण्डले हालको पाँच दलीय गठबन्धनले चुनाव जितेन भने देश दुर्घटनामा जाने भन्दै भरतपुरमा बोलेको अभिव्यक्ति सच्याएका छन् । ‘कतिपय मानिसले मैले जनता धम्क्यायो, हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेर गलत अर्थ लगाइएको छ । म फेरि पनि गम्भीर रूपले भन्न चाहन्छु, यो गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनका लागि जन्मिएको हो। यदि यो गठबन्धन दायाँबायाँ भयो भने देश फेरि राजनीतिक दुर्घटनामा जान सक्छ । ’, उनले भने ।

1 thought on “भरतपुरको अभिव्यक्ति विवादमा तानिएपछि प्रचण्डले बोली फेरे

  1. गठ बन्धनले हारे, देश दुर्घटनामा परे पनि परोस…, तर अब येदि फेरि दुर्घटना भए, पहिले झैँ सिंगो देश र बाँदर मुखेमा माओबादिले घटाएको दुर्घटनामा आम निर्दोष जनता जसरि मरे, तेसरी मर्दैन, तर आम जनताहरुलाई तर्साउन दुर्घटना हुन्छ भन्ने तपाइँहरु चाहिं…,यो देशको साढे दुइ करोढ सच्चा र इमान्दार बिर गोर्खालीका सन्तति हामि सबै देशभक्त नेपालीहरुको जन कारबाहीमा परेर नमर्नु होला भन्ने चाहिं छैन है…!?!?!?

Leave a Reply

Your email address will not be published.