प्रचण्डले भरतपुरका मतदाताको सातो जानेगरी धम्की दिए: अध्यक्ष ओली

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनप्रति लक्षित गर्दै स्थानीय तहमा एक्लै चुनाव लड्न नसक्नेले देश चलाउन नसक्ने बताएका छन्। शनिबार इटहरीमा आयोजित चुनावी सभालाई शनिबार सम्बोधन गर्दै हालको पाँच दलीय गठबन्धनले देश चलानउ नसक्ने बताएका हुन् ।

‘गठबन्धनको कता जाने? के गर्ने? भन्ने गन्तब्य छैन। सरकार बनाउने, बाँडीचुँडी खाने र नातागोता पार लाउने मात्रै हो’, उनले भने, ‘वडामा पनि एक्लै चुनाव लड्न नसक्नेले देश कसरी चलाउँछन्? त्यसैगरी अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका मतदातालाई सातो जानेगरी हप्काएको दावी गरे ।

‘अस्ति प्रचण्डले हँसिया हथौडामा भोट हालेर मेरी छोरी नजिताए देश दुर्घटनामा जान्छ, जिताए भने खुशी हुन्छु र गठबन्धन १०, १५ ,२० वर्ष लैजान्छु भनेछन् ।’ ओलीले भने, ‘दुर्घटनाको धाक नदिए हुन्छ अन्तिममा उहाँले चिसै पानीले नुहाउने हो।’ प्रचण्डले थर्काएपछि अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘रेनुलाई प्रचण्डले होइन मैले उठाएको’ भन्न थालेका उनको भनाइ छ ।

‘हिजो देउवाजीले महिला उठाएकाले काठमाण्डौ र भरतपुरमा मेयर जिताउनुपर्छ भन्नुभएछ’, ओलीले भने, ‘त्यसो भए हामीले ५५ ठाउँमा पालिका अध्यक्ष वा मेयरमा महिलालाई उठाएका छौं, ती ठाउँमा तपाईँहरुले उम्मेदवारी फिर्ता लिनुस्।’ स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्नेसमेत उनले दावी गरे ।

Leave a Reply

Your email address will not be published.