काठमाण्डौ – पछिल्लो २४ घण्टामा २३ हजार ४०९ जनामा परीक्षण गर्दा ११ हजार ३५२ जजना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
यसैगरी, पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२८ पुगेको छ ।
यसैबीच काठमाण्डौ उपत्यकामा भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाण्डौमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका छन् ।