३८ अंकले घट्यो नेप्से

काठमाण्डौ – सेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि घटेको छ। बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ विन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ। आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँमा खरिद बिक्री भएको छ। बुधबार कारोबार रकम पनि घटेको छ। मंगलबार ८ अर्ब बढीको सेयर कारोबार भएकोमा बुधबार ६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ। जसमा व्यापार उपसमूह, फाइनान्स उपसमूह, विकास बैंक उपसमूहको सूचक भारी अंकले गिरावट आएको छ। आज कारोबारमा आएको बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ। सामलिङ्ग पावरको ९.९६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२९ प्रतिशत र सेञ्चुरी बैंकको २.७९ प्रतिशतले बढेको छ।

त्यस्तै घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.३४ प्रतिशतले घटेको छ। कालिका लघुवित्तको ४.२३ प्रतिशत, मध्य भोटेकोशी हाइड्रोपावरको ३.८३ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ३.६७ प्रतिशतले घटेको छ।

कारोबारको आधारमा अपी पावरको सबैभन्दा धेरै २० करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। अन्य अरुण भ्याली हाइड्रोपावरको २० करोड ७ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको १५ करोड ३१ लाख, अपर तामाकोशीको १५ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published.