एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण पुष्टि

काठमाण्डौ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार समाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भयो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *