अन्तरीक्ष सम्बन्धि ‘स्पेस टेक इनोभेसन’ २० हजार बढीले अवलोकन गरे, सरकार प्रतिबद्धतामै अल्झियो

काठमाण्डौ – अन्तरीक्ष सम्बन्धि गतिविधि र त्यसमा नेपाली युवा रिसर्चहरूले गरेको अध्ययन, अनुसन्धानको विषयमा जानकारी दिने उदेश्यले आयोजित ‘स्पेस टेक इनोभेसन २०२१’ प्रदर्शनीलाई २० हजार भन्दा धेरैले अवलोकन गरेको आयोजक युथ फर नेशनले जानकारी दिएको छ ।

राजधानीको शंङ्खपार्कमा मंगलबार र बुधबार दुई दिन चलेको प्रदर्शनीमा नेपाली युवा रिसर्चहरूले तयार पारेको रकेट, स्याटेलाईट, अन्तरीक्ष एवं खगोल विज्ञानसँग सम्बन्धित उपकरणहरूका अलावा सफ्टवेयर लगायतका विषयहरू समावेश गरिएको थियो ।

कार्यक्रममा अन्तरीक्ष सम्बन्धि विज्ञान र प्रविधि सम्बन्धि चासो राख्ने संघसंस्थाका प्रतिनिधि सहित राजधानीका २ दर्जन भन्दा धेरै सामुदायिक एवं निजी स्कुल-कलेजका विद्यार्थीहरूका अलावा सरकारी प्रतिनिधिहरूको उल्लेख उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्न पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाली युवा वैज्ञानिकको प्रयासमा सरकारको सहयोग रहने प्रतिबद्धता जनाउन बाहेक अन्य कुनै कुरा उल्लेख गर्न समेत आवश्यक ठानेनन्, बरु युवाहरूलाई राजनीतिमा आउन आग्रह गरे । जुन कार्यक्रम आयोजनाको प्रारुपमै थिएन ।

कार्यक्रमको क्लोजिङ सेरेमोनिलाई सम्बोधन गर्न पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमाङ घिसिङले प्रदर्शनी आयोजनाको प्रसंसा गर्न बाहेक अन्य कुनै कुरा उल्लेख गर्न आवश्यक ठानेनन् ।

कार्यक्रममा स्वतस्फूर्त सहभागी विभिन्न स्कुल-कलेजका विद्यार्थीहरूको उत्साहजनक उपस्तिथिले पहिलो ‘स्पेस टेक इनोभेसन २०२१’ पूर्ण रूपमा सफल भएको आयोजक युथ फर नेशनले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published.