सामान्य अंकले बढ्यो नेप्से

काठमाण्डौ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार सामान्य अंकले उकालो लागेको छ । मंगलबार दोहोरो अंकले ओरालो लागेर सेयर बजार आज १ दशमलव ८२ अंकले उकालो लागेर २ हजार सात सय ३४ दशमलब ९४ विन्दुमा कायम भएको छ । कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ ।

नेप्सेमा २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब २१ करोड ७४ लाख बराबरको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीले गरेको छ । यस बैंकले २६ करोड १५ लाख भन्दा बढीको कारोबार गरेको छ । आज कारोबारमा आएका बैंकिङ, व्यापार, जीवन बिमा समूहको सूचकबाहेक सबै समूहको सूचकमा सामान्य अंकको गिरावट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *