५४५ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाण्डौ – मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ४९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ५ सय ८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ७० जना र १ हजार ९ सय ६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १ हजार २ सय ९३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *