मैले कसैको दबाव र आग्रहमा राजीनामा दिएको होइन: गजेन्द्र हमाल

काठमाण्डौ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको पदबाट राजीनामा दिएका गजेन्द्र हमालले आफूले स्वविवेकले राजीनामा दिएको बताएका छन् ।

केहिबेरअघि बालुवाटार पुगेर प्रधानमन्त्री शेबहादुर देउवालाई राजीनामा बुझाएका हमालले विभिन्न संचार माध्यममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि आफूले कसैको दबाब र आग्रहमा राजीनामा दिएको नभई स्वविवेकले पदबाट राजीनामा दिएको बताए ।

उनको राजीनामा देउवाले स्वीकृत समेत गरिसकेका छन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि काँग्रेसको विभिन्न पदहरुमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, उनले भनेका छन् ।

‘मेरो नियुक्तिलाई लिएर चौतर्फी विवाद भइरहेको छ, म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु,’ उनले पत्रमा भनेका छन् ।

प्रधानमन्यायाधीशको कोटामा मन्त्री नियुक्ति भएको भन्दै चोतर्फी विरोध भइरहेको छ । २२ मा मन्त्री नियुक्त भएका उनले ४८ घण्टा नवित्दै राजीनामा बुझाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *