विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, पद् जाने निश्चित

काठमाण्डौ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री बनेको ५४औँ दिनमा आज विश्वासको मत लिने भएकी छन् । प्रदेशसभामा अल्पमतमा रहेकी शाक्यले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको हिउँदे अधिवेशनमा विश्वासको मत लिन लागेकी हुन् ।

१ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ। प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् ।

गठबन्धनबाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २ र एकजना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ मात्र पुग्छ । जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ। बागमतीमा नेकपा एसबाट नयाँ मुख्यमन्त्री बनाउने संघको सत्ता गठबन्धनको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *