दुईवटा जलविद्युत परियोजनाका लागि ७३ अर्ब स्वीकृत

काठमाण्डौ – लगानी बोर्डले दुईवटा जलविद्युत परियोजनाको निर्माण तथा विकासकालागि ७३ अर्ब रुपैयाँ स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बोर्डको ४८ औ बैठकले लगानी स्वीकृत गरेको हो ।

लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब रुपैयाँ लगानीको दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुम खोला जल विद्युत परियोजना रहेको छ ।

त्यस्तै सङ्खुवासभा जिल्लामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत परियोजनामा ६२.२६ अर्ब रूपैयाँको पूँजी वृद्धि स्वीकृति प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *