धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने सरकारको निर्णय

काठमाण्डौ – धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

यसअघि नै अर्थ मन्त्रालयको निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो ।सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय गरेको स्रोतले बतायो ।

ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *