भ्रष्टाचारको मुद्दा लागेका चुडामणि शर्मा ५० लाख धरौटीमा रिहा

काठमाण्डौ – तत्कालिन कर फछ्र्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मा ५० लाख धरौटी बुझाएर रिहा भएका छन् । सोमबार विशेष अदालतका सदस्यहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

कर फछ्र्यौट आयोगको सदस्य सचिव हुँदा व्यवसायीलाई गैरकानुनी रुपमा लाभ पुग्ने कर छुट दिएको अभियोग लागेका शर्मा सोमबार अदालतले मागेअनुसार ५० लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

कर फछ्र्यौट आयोगले व्यवसायीहरूलाई मनलागी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख घाटा हुने गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

शर्मासहितका पदाधिकारीले कर फछ्र्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानी नोक्सानी र्पुयाई बदनियतपूर्ण काम गरेको प्रमाण पुष्टि भएको अख्तियारको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *