१२८२ कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १२८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५ हजार ४८८ जनाको परीक्षणमा पीसीआर विधिबाट १२ हजार ८१ जनाको परिक्षण गर्दा ९७५ जनामा र ३ हजार ४०७ जनाको एन्टीजेन परिक्षण गर्दा ३०७ गरि कुल १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर १ हजार २६२ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *