मन्त्रिपरिषद बैठक बस्दै, दल विभाजन सम्बन्धी अध्यादेश के होला ?

काठमाण्डौ – दुई महिना समय बित्ता समेत प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्णमन्त्रिपरिषद बिस्तार गर्न सकेका छैनन्। गत भदौ २ गत बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको सर्मथन भए पुग्ने व्यवस्था राखेर अध्यादेश जारी गरेसँगै महन्थ ठाकुरलाई राहत र माधव कुमार नेपाललाई नयाँ दल दर्ता गर्न सहज बनेको थियो।

तर,अहिले सम्म सरकार बिस्तार हुन नसक्नुमा दल विभाजनको विधेयक नै सत्ता गठबन्धनमा आबद्ध नेताहरुलाई टाउको दुखाईको विषय बनेको छ। यो विधेयक खारेज नभएसम्म उपेन्द्र यादव नेतृत्वको जसपा सरकारमा नजाने यादवले बताइसकेका छन्।

विधेयक खारेज नभएसम्म जसपाबाट मन्त्री बन्न नसकेकाहरुको थोरै संसदहरुले पनि नयाँ दल दर्ता गर्ने सक्ने भएपछि उक्त कुराको त्रासले यादव सकसमा परेका छन्।

लामो समयसम्म मन्त्रिपरिषद विस्तार हुन नसक्दा देशको दैनिक प्रशासनिक काम ठप्प बनेको छ। तर,यो अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विषयमा गठबन्धनबीच नै विवाद छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको जोडबलमा सरकारले यो अध्यादेश भदौ २३ गते प्रतिनिधिसभामा टेबल गरेको छ। तर यो अध्यादेश कायम रहँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने जसपा को अडान छ।

तर,आइतबार बसेको सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो।

त्यसका लागि सोमबार ४ बजे मन्त्रिपरिषद् बैठक पनि बस्दैछ। अध्यादेशको विषय पेचिलो बनिरहँदा गृहमन्त्री बालकृष्ण खाँडले भने आजको बैठक नियमित प्रक्रिया मात्र रहेको बताएका छन्।

उनले भने, ‘आज बस्ने मन्त्रिपरिषदको बैठक नियमित प्रक्रिया मात्र हो। विधेयक खारेज हुने विषय आजको बैठकको एजेण्डा रहेको छैन र यो विषयले प्रवेश पनि पाउँदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *