अपहरणमा परेकी सांसद वलीलाई मुख्यमन्त्रीको प्रस्तावः पार्टीमा आउनुस्, मन्त्री बन्नूस्

काठमाण्डौ – लुम्बिनी प्रदेशकी सांसद विमला वलीले मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई बन्धक बनाएको स्पष्टिकरण दिएकी छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै सांसद वलीले मुख्यमन्त्री पोखरेलले आफूलाई उनके निवासमा बन्धक बनाएको बताएकी हुन् । माओवादी केन्द्रले एक हप्तासम्म पार्टीको सम्पर्कमा भन्दै वलीलाई उमालेले अपहरण गरेको बताएको थियो ।

उनले आफू माओवादी केन्द्रमा रहेको बताएकी छन् । सांसद वलीले मुख्यमन्त्रीले आफूलाई मन्त्री बन्न प्रलोभन देखाएको बताइन् ।

‘एमालेमा आउनुपर्यो । पहिले गल्ती भयो । अब त्यस्तो हुँदैन । पार्टीमा आउनुस्, मन्त्री बन्नूस् भनेर प्रलोभन दखाइयो । मैले इन्कार गरिरहें’, उनले भनिन् ।

सांसद वलीले आफूलाई साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिएको र निरन्तर दबाब दिएको बताएकी छन् ।

‘साउन १८ गते विज्ञप्ती लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो । यति मात्र नभई अर्को दुई तीन वटा माइनट जस्तो रजिष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो । यति गराइसकेपछि मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्स्तीको खण्डन गर्छु भनेर सोचेको थिएँ । तर, अझ कडाइका साथ साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो,’ उनले भनिन्, ‘२० गते बिहान मलाई असह्य पीडा भयो । यहाँबाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर समय र परिस्थिति हेरी म आज जसरी पनि निस्कनु पर्छ भनेर तयारी गरें । दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर माओादी केन्द्रको संसदीय दलको कार्यालय पुगें । जहाँ मेरो आफ्नै खुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरें । त्यसबेला म मानसिक रुपमा निकै थकित भएकालेले मुक्त भएकै दिन साउन २० गते नै सार्वजनिक हुन सकिन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *