एमसीसीसँग जोडिएका पुरक सम्झौता र पत्राचार उपलब्ध गराउन एमसीए नेपालसँग माग

काठमाण्डौ – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र यो सँग जोडिएका पुरक सम्झौता र पत्राचार उपलब्ध गराउन एमसीए नेपालसँग माग गरिएको छ ।

सूचनाको हक प्रयोग गर्दै एमसीसी सम्झौता र त्यसपछि गरिएका भनिएका अन्य करिब एक दर्जन सम्झौताहरु तथा अहिलेसम्म भए गरिएका पत्रचारहरु के-कति गरिएको छ त्यो सबै उपलब्ध गरिदिन एमसीसी अन्तर्गतको नेपालस्थित कार्यलय एमसीए नेपालले उपलब्ध गराउन माग गरिएको हो ।

त्रिमूल नेपालका केन्द्रीय सदस्य विष्णुजंग पाण्डेले राजधानीको होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यलयमा दिएको निवेदन जानकारी दिए ।

वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा अघिल्लोपटक प्रधानमन्त्री हुँदा हस्ताक्षर गरिएको एमसीसीलाई देउवा सरकारले नै संसदबाट अनुमोदन गराउन सक्ने आशंकामा नागरिकस्तरबाटै एमसीसीको विरोध तिव्र बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *