‘चन्द्रकला हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.’ जनकपुरको स्वास्थ सेवामा चमत्कारीक बदलाव

काठमाण्डौ – प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा गुणस्तरीय स्वास्थ सेवा उपलब्ध गराउने उदेश्य सहित सञ्चालनमा आएको चन्द्रकला हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. ले स्थापनाको छोटो समयमा नै जनकपुरको स्वास्थ सेवामा चमत्कारीक बदलाव ल्याउन सफल भएको छ ।

अस्पताल सञ्चालनको अनुमति निकै अगाडि नै प्राप्त गरेको भएपनि विविध कारणले सञ्चालन हुन नसकेको चन्द्रकला हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. विधिवत सञ्चालनमा आएको गएको असार १७ गते एक वर्ष मात्रै पार गर्‍यो । तर, पछिल्लो एक वर्षको अवधिमा मात्रै पनि उक्त हस्पिटलले स्वास्थ सेवा प्रदान गर्ने कुरामा नयाँ कीर्तिमान नै कायम गरेको छ भन्दा अतिशयोक्ती नहोला ।

मेडिसिन, सर्जरी, गाइनो, ग्याँस्टोलोजी, इण्डोसकोपी एवं जेनेरल स्वास्थ सेवाका साथै २४ सै घण्टा इमर्जेन्सी सेवा उपलब्ध रहेको उक्त हस्पिटल पछिल्लो एक वर्षमा मात्रै १७ सय भन्दा धेरै विरामी (हस्पिटलमा भर्ना भएर स्वास्थ सेवा लिएका)को सफल उपचार गरेको छ ।

भेन्टिलेटरको सुविधा सहित ५ बेडको आइसियु, ७ बेडको एनआइसियु, ८ बेडको इमर्जेन्सी सेवा सहित सञ्चालनमा रहेको उक्त हस्पिटलले निकट भविष्यमा नै जनकपुरमा पहिलोपटक ट्रमा सेन्टर सञ्चालनमा ल्याउने योजना अगाडि बढाइरहेको छ ।

१० जना भन्दा धेरै विशेषज्ञ डाक्टर, ५ जना मेडिकल अफिसर, १६ जना स्टाफ नर्सले अहिले हस्पिटलमा नियमित सेवा प्रदान गरिरहेका छन् । कोभिड-१९ को सेकेन्ड भेरियन्टको समयमा पनि उक्त हस्पिटलले कोभिड-१९ संक्रमितलाई छुट्टै वार्ड नै सञ्चालनमा ल्याएर उपचार गरेको थियो । जनकपुरमा महामारीको समयमा भेन्टिलेटर सहितको सेवा प्रदान गर्ने निकै सिमित मध्येको एक हस्पिटल समेत हो उक्त हस्पिटल । विधिवत सञ्चालनको एक वर्षमा सफलता हासिल गरेको अस्पतालको सफलताको राज भने अस्पतालबाट उपलब्ध सेवा प्रति आम नागरिकको सकारात्मक प्रतिक्रिया र सेवा लिने सेवाग्राहीको ‘माउथ पब्लिसिटी’ रहेको हस्पिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.